लायन्स क्लबको आयोजनामा सहिद पार्कमा वृक्षारोपण

पाेखरा | असार ३०, २०८१

लायन्स क्लबको आयोजनामा सहिद पार्कमा वृक्षारोपण

पोखरा:    लायन्स क्लब अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ एम, ट्री प्लान्टेसन डिपार्टमेन्टको आयोजनामा बृहत वृक्षारोपण तथा गोडमेल कार्यक्रम राष्ट्रिय बिभुति तथा सहिद पार्क, पोखरा १८ जामुनवोटमा सम्पन्न भएको छ । 


डिस्ट्रिक्ट ३२५ एम, जि.एस.टी. को अर्डिनेटर एम जे एफ लायन जगन्नाथ तिमिल्सिनाको संयोजकत्वमा, ट्री प्लान्टेसन डिपार्टमेन्टको सेक्रेटरी लायन नवराज अधिकारीको अध्यक्षातामा ३६ क्लबहरुको संयुक्त समन्वयमा सम्पन्न कार्यक्रम डिस्ट्रिक्ट ३२५ एम का डिस्ट्रिक गभर्नर लायन चण्डी प्रसाद अर्यालको प्रमुख आतित्थतामा सम्पन्न भएको हो ।


कार्यक्रममा २ ट्रक प्राङ्गारिक मल, २० बोरा जुतो र कुखुराको मल बिरुवामा राखी वृक्षारोपण तथा गोडमेल गर्नुको साथै राष्ट्रिय बिभुति तथा शहिद पार्कमा सरसफाई प्रयोजनार्थ झारपात काट्ने कृषि औजार राष्ट्रिय बिभुति तथा सहिद पार्क व्यवस्थापन समितिका अध्यक्ष श्री भरत बहादुर थापालाइ हस्तान्तरण गरीएको ट्री प्लान्टेसन डिपार्टमेन्टको अफिसर लायन राम प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।


लायन्स क्लबले एभोकार्ड़ो ३० वटा, बेलाउती  ३० वटा, धुपी ४० वटा,  फूलहरुका विरुवा ३० र अन्य विरुवा २० गरी १५० विरुवा आज सारेको हो भने पार्क व्यवस्थापन समितिको माग वमोजिम अन्य थप बिरुवा उपलब्ध गराउने भएको हो ।


कार्यक्रममा फर्स्ट भि. डी. जी.एम जे एफ लायन धनीराम बराल, डिस्ट्रिक क्याविनेट सेक्रेटरी एम जे एफ लायन शिवराज आचार्य, डिस्ट्रिक क्याविनेट ट्रेजरर एम जे एफ लायन शम्भुराज वास्तोला, पि.आर ओ इन चिफ लायन डोलराज पोखरेल, न्यु भ्याईस इनएटिएभिव चिफ लायन पुस्पा आचार्य, को चिफ एडभाइजर लायन दामु अधिकारी, रामचन्द्र पोखरेल, उमानाथ बराल, तारा गिरि, चिफ अफ काउन्सिलर गण्डकी दिनबन्धु पोखरेल, जि।एस।टि। डिस्ट्रिक कोअर्डिनेटर जगन्नाथ तिमिल्सिना, पढाउ अभियान चिफ बिष्णु बराल, रास्ट्रीय बिभुति तथा सहिद पार्क समितिका अध्यक्ष भरत बहादुर थापा, भृकुटी आमा समुह ग्यारजती को अध्यक्ष मनु भण्डारी लगाएत विभागीय प्रमुख, रिजन र जोन चियर पर्सन, क्लवका पदाधिकारीहरुको उलेख्य संख्यामा उपस्थिति रहेको थियो, कार्यक्रममा विभिन्न क्लबहरुको तर्फबाट २७० भन्दा बढी लायन तथा लियो लिडरहरुको उपस्थिति रहेको थियो ्र 


कार्यक्रमको स्थानीय संयोजन लायन्स क्लब अफ पोखरा लेकसाइड र लायन्स क्लव अफ पोखरा डेस्टिनेशनले गरेको थियो, भने कार्यक्रमको संचालन ट्री प्लान्टेसन डिपार्टमेन्ट अफिसर लायन सन्तोष शर्मा तिमिल्सिनाले गर्नु भएको थियो । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्